परदेशको सीप सदुपयोग हुनुपर्नेमा जोड

पाेखरा | कात्तिक २५, २०७९

परदेशको सीप सदुपयोग हुनुपर्नेमा जोड

 

पोखरा: किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिना: कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ ।

    
    नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ नै रोजगारीको सिर्जना गर्नुपर्ने वातारण आवश्यक रहेको बताए । 

    
    नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा रघुराज काफ्लेले लाखौँ नेपालीले विदेशमा गएर कमाएको पैसाले मुलुकलाई जीवन दिएको बताउँदै उनीहरूको योगदानको कदर हुन नसकेको बताउनुभयो ।

    
    श्रम प्रशासनमा सुधार हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयरुपमा नै रोजगारीको सिर्जनासँगै रोजगारीमा जानेका लागि क्षमता अभिवृद्धि, भाषा, सीप तालिम आदिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    
    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यही नै रोजगारीको सिर्जना गर्नु पहिलो आवश्यकता भएको बताउँदै विदेश गएर प्राप्त गरेको धनसँगै, ज्ञान, सीप र क्षमतालाई यही नै उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

    
    कतिपयले विदेशबाट फर्केर यही नै उद्यम गर्न लाग्नुभएको बताउँदै उहाँले महानगरपालिकाले रोजगारीको अवस्था सम्बन्धमा तथ्याङ्क सङ्कलन सुरु गरेको जानकारी दिनुभयो । आप्रवासनविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गणेश गुरुङले वैदेशिक रोजगारीमा गई आधारभूत आवश्यकता पूरा गरेकामध्ये कतिपयले यही नै उद्यम थालेको बताउँदै उनीहरूका ज्ञान, सीप र क्षमता स्वदेशमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

    
    आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले आर्थिक अवस्था, घरेलु हिंसालगायतका विभिन्न परिस्थितिका कारण कतिपय महिला महिला वैदेशिक रोजगारीमा जान बाध्य छनु भन्नुभयो । कतिपय महिलालाई कामबाट फर्केपछि पनि यौनिकतालगायतका विषयसँग जोड्ने प्रवृत्ति पनि समस्याका रुपमा देखापरेको उहाँको भनाइ छ ।

    
     पूर्वश्रमिक भीम श्रेष्ठले स्वदेशमा अवसर नपाएपछि युवा विदेशिने गरेको जनाउँदै उनीहरूलाई त्यहाँबाट फर्केपछि स्वदेशमा नै केही गर्ने वातावरण तयार हुनु जरुरी रहेको बताउनुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्